संघ

गच्छदारको विरासत थाम्न छोरा राजनीतिमा, महाधिवेश प्रतिनिधि चयन

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन्। युकेबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका गच्छदार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्। काठमाडौंमा मन्त्री चौधरीद्वारा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

थारुवान संबाददाता

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३ सय ३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी खानेपानी मन्त्री नियुक्त भएका छन्। उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन्। चौधरीसँगै नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए।

थारुवान संबाददाता

तीन दिनअघि नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने ठोकुवा गरेका थिए। उनले आफू पनि मन्त्री बन्ने र शपथ लिने ठोकुवा गरेका थिए। उनी निकट नेताहरुका अनुसार मेटमणि चौधरी पर्यटनमन्त्री बन्ने निश्चितजस्तै थियो।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

थारुवान संबाददाता

टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।

रेशम चौधरी

नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो। यसपटक पनि थारु समुदायबाट कसैलाई मन्त्री बनाइएन।

थारुवान संबाददाता

जेलमा रहेका रेशम चौधरीले जन्मदिनको अवसरमा नयाँ कुराको खुलासा गर्ने भएका छन्। उनले असोज २१ गते जन्मदिनको अवसरमा नयाँ खुलासा गर्ने भएका हुन्। स्रोतका अनुसार उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाड्ने र नयाँ पार्टी स्थापनाको घोषणा गर्दैछन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।

थारुवान संबाददाता
1 13 14 15 16 17 22