नेकपा एसका थारु नेताहरुले के-के जिम्मेवारी पाए? हेर्नुस्

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३ सय ३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ।

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए। जसअनुसार नागेन्द्र चौधरीलाई सचिवको जिम्मेवारी दिइएको छ।

सचिवसँगै उनलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा फाँट इञ्चार्जको जिम्मेवारी तोकेको छ। त्यस्तै मेटमणि चौधरीलाई लुम्बिनी प्रदेशको अध्यक्षको जिम्मेवारी दिएको छ भने बलदेव चौधरीलाई प्रदेश १ कमिटीको उपाध्यक्ष र उदयपुरको इञ्चार्ज तोकिएको छ।

त्यस्तै सांसदसमेत रहेकी लक्ष्मीकुमारी चौधरीलाई कैलाली जिल्ला सहइञ्चार्ज, प्रदेश सांसद कुलवीर चौधरीलाई कञ्चनपुरको सहइञ्चार्ज, प्रदेश मन्त्रीसमेत रहेकी चुनकुमारी चौधरीलाई कैलालीको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

त्यस्तै सागरदेवी चौधरीलाई सिरहाको सहइञ्चार्ज, सुनिता चौधरीलाई उदयपुरको सहइञ्चार्ज र हनुमान चौधरीलाई कैलाली सहइञ्चार्ज तोकिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *