मन लागेनबाट चर्चामा आएका नरेश चौधरीको नयाँ थारु गीत सार्वजनिक भएको छ। दिले के पता बोलको गीतमा नरेश र सविना चौधरीले अभिनय गरेका छन्। यो जोडीले यसअघि परदेशिया बोलको गीतमा अभिनय गरेका थिए।


गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको गीतमा श्याम चौधरीको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन भने गणेश चौधरीले गरेका छन्। आरकेसी डिजिटलले सार्वजनिक गरेको म्युजिक भिडियोलाई सुरज देव कुश्मयाले निर्देशन गरेका छन्। भिडियोलाई रामु चौधरीले छायाँकन तथा सम्पादन गरेका छन् भने क्रेजल चौधरीले भिएफएक्स गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *