मुस्कान चौधरी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसपटक उनी गायक चक्र बमसँग ठुम्का लगाएकी छन्। चक्र बमकै नेपाली भोजपुरी मिश्रित रहेको गोरी मोटी बोलमा उनले ठुम्का लगाएकी हुन्। चक्र बमकै शब्द संगीत रहेको गीतमा चक्र बम र भोजपुरीमा पुनिता प्रियाको स्वर रहेको छ। गीतमा केशव बडुको संगीत संयोजन रहेको छ।


गीतको भिडियोलाई भने मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। यो गीतको भिडियो चक्र बमको युट्युब च्यानमा हेर्न सकिन्छ। यसअघि चक्र बमको नेपाली थारु मिश्रित गीत जाँरको झोल गीतलाई धेरैले मन पराएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *