संघ

श्रीमतीको अध्‍यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको नयाँ कार्यसमिति सदस्यहरुको वरियता कायम गरिएको छ। बिहीबार सार्वजनिक गरिएको वरियताअनुसार सभापति शेरबहादुर देउवा पहिलो र त्यसपछि निर्वाचित उपसभापतिमध्ये पहिलो नम्बरमा पूर्णबहादुर खड्का र त्यसपछि धनराज गुरुङ रहेका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना सकिएको छ। पार्टी कार्यालयमा सानेपामा आइतबार भएको अन्तिम मत परिणामअनुसार ३५ जना उम्मेदवार निर्वाचित भएका छन्। महाधिवेशनमा खुलातर्फ ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी परेको थियो।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी थारु कोटार्तफ निर्वाचित भएका हुन्। उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए।

थारूवान

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले खुला पुरुषतर्फ उम्मेदवारी दिएका हुन्।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबादेखि सुरु हुँदैछ। यो महाधिवेशन उपसभापति विजय कुमार गच्छदारका लागि जति विशेष छ, त्यति नै चुनौति पनि। यसकारण विशेष छ कि उनी नेपाली कांग्रेसमा फिर्ता भएपछि उनका लागि यो पहिलो महाधिवेशन हो।

मदन चौधरी

नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन्। थारु समुदायबाट सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी निर्विरोध भएकी छन्।

थारुवान संबाददाता

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा कुन कुन थारु नेताहरु कुन पदमा आकांक्षी छन् भन्ने चर्चा चलिरहेको छ। एक थारु नेताका अनुसार करिब २३ सय महाधिवेशन प्रतिनिधिमध्ये थारु प्रतिनिधिको संख्या एकदमै न्युन रहेको छ।

थारुवान संबाददाता
1 12 13 14 15 16 22