श्रीमतीको अध्‍यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।

उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्बिर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेको थियो। र्‍यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन्।

दर्ता पक्रियाका लागि सोमबार नै निवेदन दिइएको र आजसम्म दर्ता प्रक्रिया टुंगो लाग्ने नागरिक उन्मुक्ति पार्टीका नेता दामोदर पण्डितले जानकारी दिए। दर्ता पक्रिया सकिएपछि देशभरि संगगठन विस्तार गर्ने योजना रहेको उनले बताए। त्यसपछि रेशम चौधरीको रिहाइका लागि देशव्यापी दबाब सिर्जना गर्ने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *