कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार पराजित

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन्।

खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने केही मतअन्तरले जितेका हुन्। गुरुङसँग विजय गच्छदार २ मतले पराजित भए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाए। मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए। अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे। चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *