यी हुन् एमाले केन्द्रीय सदस्य बन्न सफल थारु नेताहरु

नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।

त्यस्तै भूगोलतर्फ प्रदेश २ बाट सप्तरीका राजकुमार लेखी, थारु कोटा पुरुषबाट परासीका बैजनाथ चौधरी, कैलालीका गौरीशंकर चौधरी, दाङका नरुलाल चौधरी, बाराका बलवीर चौधरी र कञ्चनपुरका कृपाराम राना निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै थारु महिला कोटाबाट दाङका गंगा चौधरी सत्गौंवा र उदयपुरका मञ्जुकुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै थारु कोटाबाट उम्मेदवारी घोषणा गरेका नारदमुनी राना सुदूरपश्चिम प्रदेश खुला कोटाबाट निर्वाचित भए।
त्यस्तै अनुशासन आयोगको सदस्यमा रुपन्देहीका तुलसीप्रसाद चौधरी निर्विरोध निर्वाचित भए।

यसअघि थारु कोटा पुरुषतर्फ पर्साका जयप्रकाश थारु र थारु महिलातर्फ बाराकी सरस्वती चौधरीले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *