थारू संग्राहलय बनाउन जुटे सर्लाहीका थारू अगुवा

सर्लाहीका थारू अगुवाहरू थारू संग्राहलय बनाउन जुटेका छन्। स्थानीय तह, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले पनि थारू संग्राहलयका लागि अग्रसर भएका छन्। थारू संग्राहलयकै निम्ति गत शनिबार सर्लाहीका अगुवाहरूले छलफल गरेका छन्।

छलफलले थारू कल्याणकारिणी सभा सर्लाहीका सभापति सूर्य नारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु संग्राहलय व्यवस्थापन तदर्थ समिति गठन गरिएको छ। त्यस्तै उदय नारायण चौधरीको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समितिसमेत बनाइएको छ।

छलफलमा हरिपुरका नगरपालिकाका प्रमुख गोपाल पजियारसहित ईश्वरपुर नगरपालिका र लालवन्दी नगरपालिकाका थारूहरूको सहभागिता रहेको थियो। यी पालिका थारू बाहुल्य पालिकासमेत हो।

हरिपुरका मेयर पजियारको अध्यक्षतामा बसेको छलफलमा लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारी र ईश्वरपुरका नगर प्रमुख मनोज कुमार अचार्य पनि सहभागी थिए। त्यस्तै छलफलमा पूर्वसांसद रामचन्द्र चौधरी, प्रदेश सांसद उर्मिला देवि सिंह थारुको पनि सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *