डा. गोपाल दहितद्वारा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले खुला पुरुषतर्फ उम्मेदवारी दिएका हुन्।

थरुहट आन्दोलनका योद्धासमेत रहेका उनले थरुहट तराई पार्टीको नेतृत्व गरेका थिए। तत्कालीन थरुहट तराई पार्टी नेपालबाट सभासद बनेका उनले थारु समुदायका माग मुद्दा उठाउने बद्धिक नेताको रुपमासमेत चिनिन्छन्।

उनी भूमिसुधार मन्त्री हुँदा कमैया, कमलरीहरुको सबालमा महत्पूर्ण काम गरेका थिए। उनले सबल कांग्रेस र सक्षम कांग्रेस नारा दिँदै उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *