कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा डा. गोपाल दहित र पद्मनारायण चौधरी निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना सकिएको छ। पार्टी कार्यालयमा सानेपामा आइतबार भएको अन्तिम मत परिणामअनुसार ३५ जना उम्मेदवार निर्वाचित भएका छन्। महाधिवेशनमा खुलातर्फ ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी परेको थियो।

मतपरिणामअनुसार लोकप्रिय मतसहित शशांक कोइराला पहिलो नम्बरमा निर्वाचित भएका छन्। उनले ३८३६ मत ल्याएका छन्। त्यस्तै दोस्रोमा एनपी साउदले २९३७, तेस्रोमा बालकृष्ण खाँणले २८७९, चौथोमा उदय शम्शेर राणँले २८४३ र पाँचौंमा रामहरि खतिवडाले २८३२ मत ल्याएका छन्।

थारु समुदायका दुई नेता पनि निर्वाचित भएका छन्। देउवा समूहबाट उम्मेदवारी दिएका पद्मनारायण चौधरी २३औं नम्बरमा २०३८ मत ल्याएर विजयी भए भने डा. गोपाल दहित ३४औं नम्बरमा १७१० मत ल्याएर विजयी भएका छन्।

यी हुन् निर्वाचित ३५ जनाको सूची 




Leave a Reply

Your email address will not be published. Required fields are marked *