सहमहामन्त्री उमाकान्त चौधरी ७औं वरियतामा, थारु नेताहरुको वरियता हेर्नुस्

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको नयाँ कार्यसमिति सदस्यहरुको वरियता कायम गरिएको छ। बिहीबार सार्वजनिक गरिएको वरियताअनुसार सभापति शेरबहादुर देउवा पहिलो र त्यसपछि निर्वाचित उपसभापतिमध्ये पहिलो नम्बरमा पूर्णबहादुर खड्का र त्यसपछि धनराज गुरुङ रहेका छन्।

त्यस्तै महामन्त्रीमा गगन थापा पहिलो र त्यसपछि विश्वप्रकाश शर्मा रहेका छन्। सहमहामन्त्रीतर्फ पहिलो नम्बरमा फरमुलाह अन्सारी, दोस्रोमा उमाकान्त चौधरी, त्यसपछि क्रमशः महालक्ष्मी उपाध्याय ‘डीना’, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोर सिंह राठोर, बन्द्री पाण्डे र जीवन परियार रहेका छन्।

केन्द्रीय सदस्यतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहेका छन् भने अन्तिम नम्बरमा जीवन राना रहेका छन्। त्यस्तै सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको वरियता २० नम्बरमा रहेका छन्। उनीभन्दा अगाडि सुनिल थापालाई राखिएको छ। थापा राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका थिए।

थारु नेताहरुको सूची कस्तो छ?
वरियताअनुसार सहमहामन्त्रीमा निर्वाचित बाराका उमाकान्त चौधरी ७औं नम्बरमा रहेका छन्। त्यसपश्चात केन्द्रीय सदस्यमा निर्वाचित पद्मनारायण चौधरी २६औं वरियतामा रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित रामजनम चौधरी ५६औं नम्बरमा, डा. गोपाल दहित ५७औं नम्बरमा, योगेन्द्र चौधरी ५८औं नम्बरमा र कल्पना चौधरी ५९औं नम्बरमा रहेका छन्। त्यस्तै थारु महिला कोटाबाट निर्वचित जीवन राना अन्तिममा १३५औं नम्बरमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *