भारतको नैनीतालमा जिप दुर्घटना हुँदा ७ जना थारूको मृत्यु

भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । सोमबार साँझ बेतालघाट क्षेत्रको मल्लागाँउबाट नेपाली कामदार बोकेर टनकपुरतर्फ आउँदै गरेको जिप भीरमा खसेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुने नेपालीहरूमा ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल चौधरी रहेका छन् । शान्ति चौधरी र छोटु चौधरी भने घाइते भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रहेको लेखेका छन् । दुर्घटनामा जिपचालक भारतीय नागरिक राजेन्द्र कुमारको पनि मृत्यु भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार दुर्घटनामा ७ नेपालीको मृत्यु भएको खबर पुष्टि भएको छ । मृतक सबै कञ्चनपुरको भन्ने पनि प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर कुन ठाउँका हुन भन्ने जानकारी नआएको उनले बताए । ‘यस विषयमा सीमावर्ती जिल्लाका जिल्लाधिकारीसँग समन्वय भइरहेको छ,’ प्रजिअ अधिकारीले भने, ‘हामी पुष्टि गर्ने काममा लागेका छौं ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *