मन्त्री लेखीको बोल्ड निर्णय, मधेसमा डीजेलगायतबाट हुने ध्वनि प्रदूषण रोक्न निर्देशन

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डीजेलगायतका साउन्ड सिष्टमहरूले फैलाउने ध्वनि प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएका छन्।

प्रदेश सुरक्षा समन्वय समितिको मंगलबार जनकपुरधाममा बसेको बैठकमा मन्त्री लेखीले डीजेलगायतका साउन्डबाट पीडित भएको जनगुनासो आएकाले तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

जनताले गरेका गुनासाहरू सुनाँउदै मन्त्री लेखीले ध्वनि प्रदूषनका कारण हृदय रोगीहरूलाई विभिन्न खालका समस्या भएको र एसइईका विद्यार्थीहरूलाई पठन पाठनमा समेत समस्या भइरहेकाले नियन्त्रणका लागि आवश्यक कदम लिन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिए।

बैठकबाट ध्वनि प्रदूषण रोक्नका लागि प्रदेशभरिका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र प्रदेशभरिका स्थानीय तहलाई पत्र पठाइएको मन्त्री लेखीले बताए। मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने उनको भनाइ छ।

मन्त्री लेखीले पदभार ग्रहण गरेकै दिन मन्त्रालयले गर्ने कामकाजको पारदर्शीताका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *