संघ

कैलाली १ मा रञ्जिताको परीक्षा सुरु, सासु-ससुरासँग आशिर्वाद लिँदै उम्मेदवारी घोषणा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। टीकापुर विद्रोह दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन्।

थारुवान संबाददाता

नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए। उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको...

थारुवान संबाददाता

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल,

थारुवान संबाददाता

महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्‍याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।

रेशम चौधरी

नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद अमनलाल मोदीले राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन गर्न आग्रह गरेका छन्। संसदको विशेष समयमा बोल्दै उनले थारुहरुले कहिलेसम्म आन्दोलन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

थारुवान संबाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन्। भेटका क्रममा चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए।

थारुवान संबाददाता

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले टीकापुर घटनामा राजबन्दी बनाइएका थारुहरुको रिहाइ माग गरेका छन्। बिहीबार संसदको शून्य समयमा बोल्दै उनले संसदलाई गम्भीर ध्यानाकर्षणसमेत गराए।

थारुवान संबाददाता
1 10 11 12 13 14 22