टीकापुर घटनाका जेलबन्दी थारुहरुको रिहाइ गरियोस् : सांसद तेजुलाल चौधरी

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले टीकापुर घटनामा राजबन्दी बनाइएका थारुहरुको रिहाइ माग गरेका छन्। बिहीबार संसदको शून्य समयमा बोल्दै उनले संसदलाई गम्भीर ध्यानाकर्षणसमेत गराए।

‘थारु मधेसीहरु आफ्‍नो अधिकार र पहिचानको लागि लड्दा टीकापुर घटनाको बहानामा थारुहरुलाई राजबन्दी बनाइ जेलमा राखिरहेको छ। माननीय रेशम चौधरीलगायत सम्पूर्ण थारु राजबन्दीहरुको रिहाइ गर्न जोडदार माग गर्दछु। संसदलाई गम्भीर बन्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

उनले नागरिक विधेयक ल्याउनसमेत सरकारसँग माग गरे। नागरिक नहुँदा मधेसका बालबच्चाहरु पढाइबाट बञ्चित हुने अवस्थामा आएको भन्दै उनले नागरिकता विधेयक ल्याउन माग गरेका हुन्।

त्यस्तै सप्तरी र सर्लाहीतिर मिटरव्याजीको आतंकले गरिब र सोझासाझा नागरिकको विचल्ली भएको भन्दै संसदको ध्यानाकर्षण गराए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *