बाबुराम भट्टराई र सीके राउतले किन भेटे रेशम चौधरी?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन्। भेटका क्रममा चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए।

४५ मिनेटको छलफलमा टीकापुर घटनालाई कसरी राजनीतिक रुपमा समाधान गर्न सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ। छलफलमा रेशम पत्नी रञ्जिता श्रेष्ठ पनि सहभगी थिए।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि शनिबरा रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। जेलमै पुगेर राउतले संसदीय चुनावमा सहकार्यको प्रस्ताव गरेका थिए।

स्थानीय तह निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा चार पालिकामा विजयी भएको थियो। रेशम चौधरीले पाएको जनमतलाई लिएर यतिबेला राजनीतिक वृत्तमा ठूलो बहस भइरहेको छ।

प्रमुख दलहरुले पनि रेशम चौधरीको पार्टीसँग सहकार्यको प्रस्ताव गरिरहेको उनका पार्टीका नेताहरुले जानकारी दिएका छन्।




One thought on “बाबुराम भट्टराई र सीके राउतले किन भेटे रेशम चौधरी?

  1. पक्कै पनि फेरि थारुहरुलाई झोलमा डुबाउने तयारि हुंदैछ,सवधान रेशम र नागरीक उन्मुक्ति पार्टी,होइन भने फेरि धोखा खानू पर्ला बरु एक्लै हिँडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *