कांग्रेससँग साइने तोड‍्ने सांसद चौधरीको चेतावनी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गङ्गा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

सांसद चौधरीले कांग्रेससँग साइनो तोड्ने चेतावनीसमेत दिएकी छन्। ‘सम्मानीय प्रधानमन्त्री, नेपाली कांग्रेसका पार्टी सभापति मा. शेरबाहादुर देउवाज्यु। जय नेपाल! केन्द्रीय सदस्यमा १० जाना महिला मनोनित हुँदा पार्बता डीसी चौधरी अट्न सकिनँ त्यसको लागि धन्यबाद छ। छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु,’ फेसबुकमा उनले भनेकी छन्।

दाङकी नेता पार्वती डिसी चौधरीले सभापति देउवाले अन्याय गरेको बताइन्। ‘पार्टीमा योगदान, निष्ठा र लगाबभन्दा गुट उपगुट हाबी छन्। जो गुटको हो, ऊबाहेक अरुले मौका पाउने अवस्था छैन। पार्टीमा कार्यकर्ता भएर बस्न सकिन्छ, काम गर्न सकिन्छ। तर, दास भएर बस्न सकिन्नँ,’ सञ्चारमाध्यमसँग उनले भनेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *