राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन नगरे फेरि अशान्ति हुनसक्छ : अमनलाल मोदी

नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद अमनलाल मोदीले राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन गर्न आग्रह गरेका छन्। संसदको विशेष समयमा बोल्दै उनले थारुहरुले कहिलेसम्म आन्दोलन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

‘कैलालीको टीकापुर घटनाबारे पटक-पटक कुरा उठायौं। हामी थारुहरु अन्यायमा पर्‍यौं। सबैभन्दा बढी अन्यायमा परेका हामीलाई राज्यले सबै अधिकार दिनुपर्छ। राज्य पुनःसंरचनाको कुरा गर्दा, पहिचानसहितको संघीयको कुरा गर्दा, आन्दोलन गर्दा थारु जेल जीवन बिताउनुपरेको छ। कतिलाई झुठा मुद्दा हालेको छ। के थारुहरुले कुनै न कुनै आन्दोलन गरिराख्नपर्ने हो? थारुहरु अधिकारविहीन भइराख्नुपर्ने? राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन गरेन भने कुनै न कुनै दिन फेरि अशान्ति हुनसक्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *