गच्छदारको विरासत थाम्न छोरा राजनीतिमा, महाधिवेश प्रतिनिधि चयन

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन्। युकेबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका गच्छदार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।

बिगत केही महिनादेखि कांग्रेसको संगठन विस्तारमा युवाको सहभागिता गराउँदै आएका गच्छदारले बुवा विजय गच्छदारको विरासत कायम राख्न राजनीतिमा आएको बताए। सुनसरी र मोरङलाई अधार क्षेत्र बनाएर राजनीति गर्ने विजय गच्छदारले छोरालाई विदेश पढ्न जानबाट समेत रोक लगाएका थिए।

तीन सन्तानमध्ये सबैभन्दा कान्छो सन्तान सुभाषले विदेशमा अध्ययन गरेर नेपालमा नै रहने बाचा गरेपछि युके अध्ययन गर्न जान दिएका थिए। बुबासँग वाचा गरेअनुसार नै विदेशमा अध्ययन र अनुभव बटुलेर नेपाल आइ राजनीतिमा युवाको सहभागिता बढाउन सक्रिय भएर लागेको उनले बताए।

राजनीतिक गर्ने परिवारबाट भएकोले राजनीतिमा मात्र नआइ युवाहरुको नेतृत्वसँग सवन्वय गराउने पुलको रुपमा काम गर्न आएको उनले बताए। ४० वर्षीय उनले बुवा विजयकुमार गच्छदारको नेतृत्वमा रहेको लोकतान्त्रिक फोरममा पनि सक्रिय भएर संगठन विस्तारसँगै पार्टीमा युवाहरुको नेतृत्व स्थापना गर्न निरन्तर काम गरेका थिए। उनले बुबाको पदचाप पछ्याउँदै राजनीति सुरु गरेको बताए। लोकतन्त्रमा युवाको नेतृत्व सर्वस्वीकार गराएर कांग्रेसलाई बलियो बनाउने आफ्नो प्रमुख काम भएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *