को हुन् नवनियुक्त खानेपानी मन्त्री उमाकान्त चौधरी

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी खानेपानी मन्त्री नियुक्त भएका छन्। उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन्। चौधरीसँगै नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए।

को हुन् उमाकान्त चौधरी
नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै हुन्छन् । उनी जहिलेदेखि राजनीति बुझ्ने भए, एक असल नेताको छबि बनाउने सोचे । असल नियतले गरिएको जुनसुकै काम पनि पूरा हुने उनको विश्वास छ । त्यही भएर उनी असल नेता भएर देशलाई समृद्धिको बाटोतर्फ डोर्या‍उन चाहन्छन् । तिनै असल नेतामध्ये एक हुन्, उमाकान्त चौधरी ।

उमाकान्तको जन्म २०२३ भदौ १५ गते बुबा चन्द्रिकाप्रसाद चौधरी र आमा मधेसियादेवी चौधरीको कोखबाट बाराको कोल्हवी नगरपालिका, ११ बेलवामा भएको हो । उनको परिवारले शिक्षाको महत्व बुझेको थियो । त्यही भएर उमाकान्तले पढ्न पाए । पढाईमा अब्बल उमाकान्त विज्ञानको वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उमाकान्तको राजनीति गर्ने दृढ इच्छा थियो । उनी विसं २०३६ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेका थिए। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध भएका उनी त्रिवि इकाइको उपसभापतिसमेत बनेका थिए। पछि उनी तरुण दलमा आबद्ध भए। त्यसबेला उनी पटक पटक बन्दी जीवन भोगेका छन् ।

उमाकान्तले पहिलोपटक २०५६ सालको संसदीय चुनाव लडेका थिए । त्यतिबेला उनले तत्कालीन बाराको क्षेत्र १ मा लाल किला तोडेका थिए। कम्युनिस्ट पकड मानिएको उक्त क्षेत्रमा चौधरीको शानदार विजयी भएको थियो।

०६२-०६३ को जनआन्दोलनपछि भएको ०६४ को चुनावमा पनि उनले बाराको क्षेत्र नं ५ बाट चुनाव लडे । एमालेका वलवीर चौधरीलाई पराजित गर्दै उनी फेरि निर्वाचित बने । उनले स्थानीयसँगको पहुँच बनाइराख्न विकासका कामहरु तीव्रता दिएका थिए ।

२०७० को दोस्रो संविधानमासभा पनि उनैले टिकट पाए । तर पार्टीभित्रको अन्तर्घातका कारण उनी पराजित भएका थिए। त्यतिबेला कांग्रेसका रामप्रसाद चौधरी, तुल्सी चौधरीलगायतलाई अन्तर्घात गरेको भन्दै पार्टीले कारबाही गरेको थियो। त्यतिबेला पराजित बने पनि उमाकान्तले हरेस भने खाएनन्। आफ्नो गाउँठाउँका भौतिक पूर्वाधार निर्माणका काममा आफूले गर्ने जिम्मेवारी पूरा गरिरहे। उनी जनतासँग नजिक भएर काम गरिरहे।

त्यही बेला उनलाई मधेस विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो। कांग्रेसको केन्द्रीय सदस्यमा दुई पटक निर्वाचित भएका उनलाई मधेस फ्याक्टरलाई राम्रोसँग विशलेषण गर्न सक्ने नेताको रुपमा चिनिन्छ।

उमाकान्त चौधरी पछिल्लो निर्वाचन २०७४ मा फेरि विजयी भए। नेपाली कांग्रेसका उम्मेद्वारहरु सबैतिर पराजय भइरहँदा चौधरीले भने संसदीय चुनावमा ह्याट्रिक गरे। उनले बारा क्षेत्र नं १ मा शानदार विजयी भए।

यसबीचमा उनी पटक पटक मन्त्रीसमेत भइसकेका छन् । उनी २०५९ सालमा कृषि सहायक मन्त्री भएका थिए । २०६८ सालमा भने उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

विकासको अर्को नाम उमाकान्त चौधरी

उमाकान्त चौधरी बारा जिल्लामा लोकप्रिय नेताको रुपमा मानिन्छन्। विकास निर्माणका काममा अग्रपंक्तिमा खटिने नेताकारुपमा उनलाई बारा जिल्लामा चिनिन्छन्। उनी बाराबाट निर्वाचित भएदेखि आफ्नो क्षेत्रमा मात्र नभएर जिल्लाकै विकासमा लागिपरेका छन्। ‘उहाँ (उमाकान्त चौधरी) हाम्रो असली नेता हुनुहुन्छ। उहाँकै कारण हाम्रो गाउँ ठाउँमा विकासका निर्माणहरु भएका छन्,’ बारा क्षेत्र नं १ मतदाताहरुको साझा भनाइ हो यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *