मोटरसाइकल दुर्घटना हुँदा चितवनमा दुई थारू युवकको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रत्ननगर नगरपालिका-३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका-४ का सुमन गदालको घरमा ठोक्किएको थियो। उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *