लोसपा छाड्ने रेशम चौधरीको संकेत

जेलमा रहेका रेशम चौधरीले जन्मदिनको अवसरमा नयाँ कुराको खुलासा गर्ने भएका छन्। उनले असोज २१ गते जन्मदिनको अवसरमा नयाँ खुलासा गर्ने भएका हुन्। स्रोतका अनुसार उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाड्ने र नयाँ पार्टी स्थापनाको घोषणा गर्दैछन्।

मधेसी दलले आफूलाई गोटीमात्र बनाएको रेशमले आरोप लगाउँदै आएका छन्। पटक पटक छुटाउने आश्वासन पाएका रेशमले अन्ततः मधेसी नेताहरुबाट वक्क भएर पार्टी छाड्ने तयारी गरेको बताइएको छ। उनले पर्सी बिहीबार विशेश लेखमार्फत् आफ्नो वक्तव्य सार्वजनिक गर्न लागेको बताएका छन्।

‘यसपटक मैले कठोर निर्णय गरेको छु। मेरो जन्मिदनको अवसरमा सबैले थाहा पाउनुहुन्छ,’ उनले थारुवानसँग भने। तर के कस्तो निर्णय लिने हो त्यसबारे उनी खुल्न चाहेनन्।

केही दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले राजीनामा दिएका थिए। उनी एमाले प्रवेश गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *