थारू समाचार

शान्ता, मञ्जु र वैजानाथ चौधरी पोलिटव्युरोमा मनोनीत

नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै अब सहमहामन्त्रीमा संस्थापन समूहबाट उमाकान्त चौधरी र संस्थापन इतरबाट तेजुलाल चौधरीको भीडन्त हुने भएको छ।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जनाले पदाधिकारीका लागि उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

थारुवान संबाददाता

विजय कुमार गच्छदारले उसभापतिमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनीसँगै पूर्णबहादुर खड्काले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेखर प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरिबाट १७३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कूल महाधिवेशन प्रतिनिधिको ३.६४ प्रतिनिधि थारु समुदायबाट रहेका छन्। शुक्रबार प्रकाशन गरिएको नामावलीको सूचीअनुसार सबैभन्दा धेरै कैलालीबाट २९ जना र त्यसपछि सप्तरीबाट १७ जना सहभागी छन्।

थारुवान संबाददाता

काठमाडौं: नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। चौधरीले संस्थापन र सिटौला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन्।

थारुवान संबाददाता