विजय कुमार गच्छदारले दिए उपसभापतिमा उम्मेदवारी

विजय कुमार गच्छदारले उसभापतिमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनीसँगै पूर्णबहादुर खड्काले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।

देउवा प्यानलबाट महामन्त्री डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवारी दिएका छन्। सहमहामन्त्रीमा भने आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *