कांग्रेस महाधिवेशनमा थारु समुदायबाट कति छन् महाधिवेशन प्रतिनिधि?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरिबाट १७३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कूल महाधिवेशन प्रतिनिधिको ३.६४ प्रतिनिधि थारु समुदायबाट रहेका छन्। शुक्रबार प्रकाशन गरिएको नामावलीको सूचीअनुसार सबैभन्दा धेरै कैलालीबाट २९ जना र त्यसपछि सप्तरीबाट १७ जना सहभागी छन्।

सूचीअनुसार केन्द्रीय कार्यसमितिबाट ९ जना, झापाबाट ३ जना, मोरङबाट १३ जना, सुनसुरीबाट ९ जना, उदयपुरबाट ३ जना, सप्तरीबाट १७, सिरहाबाट ९ जना, रौतहटबाट ५ जना, सर्लाहीबाट ३ जना, बाराबाट ७ जना, पर्साबाट १० जना, चितवनबाट ४ जना, नवलपुरबाट ३ जना, परासीबाट ४ जना, रुपन्देहीबाट ७ जना, कपिलवस्तुबाट ५ जना, दाङबाट ६ जना, बाँकेबाट ८ जना, बर्दियाबाट १३ जना, कैलालीबाट २९ जना, कञ्चनपुरबाट ५ जना र आदिवासी जनजाति संघबाट १ जना रहेका छन्। कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *