देउवा प्यानलबाट उमाकान्त चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्।

पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन्। सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

त्यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *