पदाधिकारीमा ३ जनासहित यी हुन् थारु समुदायका २४ उम्मेदवारहरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जनाले पदाधिकारीका लागि उम्मेदवारी दिएका छन्।

निर्वाचित समितिले प्रकाशन गरेको नामावलीअनुसार सहमहामन्त्रीतर्फ थारु कोटामा खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरी, सांसद तेजुलाल चौधरी र पर्साका नेता सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका छन्। उमाकान्त संस्थापन पक्षबाट र तेजुलालले संस्थापइतरबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै खुलातर्फ ३५ सिटका लागि ११० जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये चार जना थारुले पनि उम्मेदवारी दिएका छन्। खुलामा थारु समुदायका डा. गोपाल दहित, देवी प्रसाद चौधरी, पद्मनारायण चौधरी र मंगल प्रसाद थारुले उम्मेदवारी दिएका छन्।

त्यस्तै थारु कोटाको खुलातर्फ केन्द्रीय सदस्य खुलामा दुई सिटका लागि १० जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा टीका कुमारी चौधरी, टेकनारायण महतो, देवराज चौधरी, पार्वता डिसी थारु, भोटनी देवी खवास, यज्ञराज चौधरी, योगेन्द्र चौधरी, रामजनम चौधरी, बद्री नारायण चौधरी र साजनकुमार महतो रहेका छन्।

त्यस्तै थारु कोटाको महिलातर्फ दुई सिटका लागि चार जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा कल्पना चौधरी, जीवन राना, नमिता चौधरी र नवोदिता चौधरी रहेका छन्। त्यस्तै भूगोलतर्फ प्रदेश १ मा सुमित्रा थरुनी, प्रदेश २ मा गीता चौधरी र आदिवासी जनजाति महिलातर्फ सरस्वती चौधरीले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *