शेखर प्यानलबाट तेजुलाल चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेखर प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिएका छन्।

कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा छन्।

८ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र अल्पसंख्यकतर्फ बद्री पाण्डेले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *