शान्ता, मञ्जु र वैजानाथ चौधरी पोलिटव्युरोमा मनोनीत

नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।
बैठकले थारु समुदायबाट वैजनाथ चौधरी, मञ्जु चौधरी र शान्ता चौधरीलाई पोलिटव्युरोमा मनोनीत गरेको छ। त्यस्तै १०औं महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएकी सरस्वती चौधरी केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। चितवनमा भएको महाधिवेशनमा उनले थारु महिला कोटाबाट उम्मेदवारी फिर्ता लिएकी थिइन्।
Facebook Comment