चित्रलेखा यादव भर्सेस गीता चौधरी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।

भूगोलतर्फको प्रदेश २ मा रोचक भीडन्त हुने भएको छ। उपसभामुखसमेत भइसकेकी नेतृ चित्रलेखा यादव र सप्तरीकी नेतृ गीता चौधरीबीच रोचक भीडन्त हुने भएको छ। चित्रलेखा संस्थापन पक्षबाट उम्मेदवारी दिएका छन् भने गीता चौधरी शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका छन्।

दुई प्यानलबीच नै रोचक भीडन्त हुने भएकाले यी दुई आकांक्षीबीच पनि रोचक भीडन्त हुने भएको छ। थारु समुदायकी नेतृ गीता चौधरी लामो समयदेखि समाजिक सेवा र राजनीतिमा सक्रिय छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *