देउवा-सिटौला पक्षबाट उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं: नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। चौधरीले संस्थापन र सिटौला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन्।

शुक्रबार महाधिवेशन उद्घाटनपछि साँझ बन्दसत्र चलिरहेकै बेला एउटा कुनामा आफ्नो समूहका नेताहरूलाई बोलाएर उनले खानेपानीमन्त्रीसमेत रहेका उमाकान्त चौधरीलाई पनि थारू कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बनाउन देउवा तयार भएको जानकारी दिएका थिए।

सहमतिअनुसार सिटौला पक्षका नेता प्रदीप पौडेललाई महामन्त्री, उमाकान्त चौधरीलाई सहमहामन्त्री र सुधीर सिवाकोटीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने सहमति भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *