सहमहामन्त्रीबाट सुरेन्द्र चौधरीले लिए उम्मेदवारी फिर्ता, उमाकान्त र तेजुलालबीच भीडन्त हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै अब सहमहामन्त्रीमा संस्थापन समूहबाट उमाकान्त चौधरी र संस्थापन इतरबाट तेजुलाल चौधरीको भीडन्त हुने भएको छ।

त्यस्तै थारु कोटाको खुलतर्फ टेकनारायण महतोले उम्मेदवारी फिर्ता लिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै दुई सिटका लागि ८ जनाको भीडन्त हुने भएको छ। खुलातर्फ देवराज चौधरी, पार्वता डिसी थारु, भोटनी देवी खवास, यज्ञराज चौधरी, योगेन्द्र चौधरी, रामजनम चौधरी, बद्री नारायण चौधरी र साजनकुमार महतोले उम्मेदवारी दिएका छन्।

त्यस्तै खुलातर्फ ३५ सिटका लागि ११० जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये चार जना थारुले पनि उम्मेदवारी दिएका छन्। खुलामा थारु समुदायका डा. गोपाल दहित, देवी प्रसाद चौधरी, पद्मनारायण चौधरी र मंगल प्रसाद थारुले उम्मेदवारी दिएका छन्।

त्यस्तै थारु कोटाको महिलातर्फ दुई सिटका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा टीका कुमारी चौधरी, कल्पना चौधरी, जीवन राना, नमिता चौधरी र नवोदिता चौधरी रहेका छन्। त्यस्तै भूगोलतर्फ प्रदेश १ मा सुमित्रा थरुनी, प्रदेश २ मा गीता चौधरी र आदिवासी जनजाति महिलातर्फ सरस्वती चौधरीले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *