थारू समाचार

सदनमा सभामुखको पक्षपातपूर्ण व्यवहार देखियाे : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको...

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै...

थारुवान संबाददाता

नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै अब सहमहामन्त्रीमा संस्थापन समूहबाट उमाकान्त चौधरी र संस्थापन इतरबाट तेजुलाल चौधरीको भीडन्त हुने भएको छ।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जनाले पदाधिकारीका लागि उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

थारुवान संबाददाता

विजय कुमार गच्छदारले उसभापतिमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनीसँगै पूर्णबहादुर खड्काले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेखर प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान