Udit Narayan Jhaगायक उदित नारायणलाई भारतीय सरकारले आज ‘पद्मभूषण’ सम्मान दिने घोषणा गरेको छ । सप्तरी भारदहका उदित नारायण नेपाली फिल्म र संगीत हुँदै बलिउड पुगेर स्थापित भएका थिए । बलिउडमा निकै सफल भए पनि भारतीय सरकारले दिने राष्ट्रिय पुरस्कार पाउन उनलाई निकै वर्ष लागेको थियो । सोमबार घोषणा गरिएको पुरस्कारमा अरु पनि कलाकारहरु परेका छन् । चर्चित अभिनेता रजनीकान्त, मिडिया उद्योगी रामोजी राव र अध्यात्मीक गुरु रविशंकरलाई पद्म विभूषण दिइएको छ । उद्योगी धिरुभाई अम्बानीले पनि मरणोपरान्त पद्म विभूषण पाएका छन् ।

पद्म भूषण पाउनेमा बलिउड अभिनेता अनुपम खेर, खेलाडीहरु सानिया मिर्जा र साइना नेहवाल तथा पूर्वमहालेखा परीक्षक विनोद राय छन् । यस्तै, बलिउड स्टारहरु अजय देवगन र प्रियंका चोपडाले पद्मश्री पाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *