झुम्की प्रोडक्सनको गीत बन्यो सर्वोत्कृष्ट, पायो पाँच अवार्ड

झुम्की प्रोडक्सनको पहिलो गीतले सर्वोकृष्टसहित पाँच अवार्ड हात पारेको छ। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘हेर्ती हेर्ती मोहनी लगैना’ गीतले राष्ट्रिय थारू म्युजिक अवार्डको वर्षको सर्वाधिक रुचाइएको गीत बन्न गएको हो।

उक्त गीतमार्फत सर्वोत्कृष्ट आधुनिक गायनतर्फ आरके थारू, सर्वोत्कृष्ट संगीतकारतर्फ आरके थारू र म्युजिक भिडियो अभिनयतर्फ सर्वोत्कृष्ट मोडल (पुरुष) नरेश चौधरी र सर्वोत्कृष्ट मोडेल महिलातर्फ मधु चौधरीले अवार्ड जिते।

अष्ट्रेलियामा कहलिएका फोटोग्राफरसमेत रहेका अरुण आर्यन चौधरीले थारू समुदायको हकहितका लागि पनि काम गर्दै आएका छन्। थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाका पब्लिक अफिसरसमेत रहेका चौधरीले थारू सांगीतिक क्षेत्रको प्रवर्द्धन र संरक्षणमा समेत लागेका छन्। उनले झुम्की प्रोडक्सनमार्फत् थारू सांगीतिक क्षेत्रको उत्थानमा लागेका हुन्। उनको निर्माणमा बनेको हेर्ती हेर्ती मोहनी लगैनाले ७ महिनामा ३१ लाख बढी भ्युज पाएको छ।

उनले छिट्टै अर्को थारू गीतको म्युजिक भिडियो पनि झुम्की प्रोडक्सनमार्फत् सार्वजनिक गर्ने भएका छन्। झुम्काना शीर्षक गीतको म्युजिक भिडियोमा आरके थारू, कमल सिंह, गरिमा पन्त र गुराँस ढकालले अभियन गरेका छन्। आरके थारूको गीतमा उनी स्वयंले समेत मोडलिङ गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *