प्रमोद खरेलले गाएको थारू गीतको सुटिङ सुरू

प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ।

विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव बडुले अरेन्ज गरेका हुन्।

गीतको भिडियोलाई हीरा चौधरीले निर्देशन गर्दैछन् भने रमेश चौधरीले छाँयाकन गर्दैछन्। म्युजिक भिडियोङ्गा नवनित चौधरी र सोयक्षा चौधरीले अभिनय गर्दैछन्।

म्युजिक भिडियोलाई सेविल इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। जसकसा प्रवन्ध निर्देशक लोकेन्द्र चौधरीले यो गीतको भिडियोबाट धेरै आशावादी रहेको बताए। उनले निर्माण टीमले धेरै मेहनतका साथ भिडियो बनाइरहेको बताए। म्युजिक भिडियो नयाँ वर्षको अवसरमा रिलिज गरिने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *