अरुण आर्यन चौधरीले ल्याए ‘झुम्काना’ (भिडियोसहित)

पछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्।

टेकराज ओझाको शब्द संगीत रहेको गीतमा थारू सांगीतिक क्षेत्रमा कहलिएका गायक आरके थारूको स्वर रहेको छ। उनका थुप्रै थारू गीतहरू सुपरहिट बनेका छन्। कतिपय गीतहरू करोड क्लबमा सामेल पनि भएको छ।

उनै आरके थारू पछिल्लो समय मोडलिङमा गर्दै आएका छन्। झुम्कानामा उनीसहित चार जना कलाकारले अभिनय गरेका छन्। आरकेको जोडीका रूपमा गुरास ढकाल छन्, अर्का जोडीको रूपमा कमल सिंह र गरिमा शर्माको अभिनय रहेको छ। गरिमाले थुप्रै थारू गीतमा अभियन गरिसकेकी छन्।

विदेशमा बसेर थारू सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका निर्माता अरुण आर्यन चौधरी यसअघि ‘हेर्ती हेर्ती मोहनी लगैना’ निर्माण गरेका थिए। नरेश चौधरी र मधु चौधरी अभिनित उक्त गीतको म्युजिक भिडियोलाई ३२ लाख बढीले हेरेका छन्। निर्माता चौधरीले पछिल्लो समय थारू संगीतको उच्च माग रहेको बताए।

‘पछिल्ला केही वर्षमा थारू संगीतले उचाइ छोएको छ। थारू गीतमा नेपाली फिल्म क्षेत्रका सुपरहिट कलाकारहरू अभियन गर्न आतुर देखिन्छन्। यो हाम्रो समुदायको लागि धेरै राम्रो कुरा हो। थारू भाषा र संस्कृतिलाई संरक्षण गर्नकै निम्ति मैले यस क्षेत्रमा लगानी गरेको हुँ,’ चौधरीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *