सहदेव चौधरीले ल्याए संगीता रानाको स्वरमा ‘चोखो माया’

चोखो माया लाऊ भन्ने पनि धेरै छन्
यहीं घर बसाऊ भन्ने पनि धेरै छन्

सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी । प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ। गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *