दुबईमा माघी कार्यक्रम आयोजना हुँदै, सोनु कुश्मी र प्रकाश माझीले प्रस्तुती दिने

यसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ।

माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका गायक केशवराज महतो पनि प्रस्तुती रहनेछ।

थासक युएईले वर्षेनि माघी महोत्सव आयोजना गर्दै आएको। थासक युएईले नेपालका कलाकारहरूलाई निमन्त्रणा गरेर सम्मानसमेत गर्दै आएको छ। कार्यक्रममा अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज महतो, संजय चौधरी, देवकृष्ण विश्वास, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखीलगायतलाई संस्थाले सम्मान गरिसकेको छ।
कार्यक्रम २१ जनवरी २०२४ का दिन बरदुबईको क्लब एभरेस्टमा हुने छ।




One thought on “दुबईमा माघी कार्यक्रम आयोजना हुँदै, सोनु कुश्मी र प्रकाश माझीले प्रस्तुती दिने

  1. barseni tharu kalyanakarini sabha dubai le sanskriti jagerna ko lagi dherai ramro yogdan didai ayeko cha,ab sanskriti ko sathai scholarship jasto shaikshit kshetra ko bikas ko lagi pani yogdan dida ajhai ramro hunthyo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *