Lucky

गोरखापत्रका पत्रकार तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । थारुभाषा साहित्यमा योगदान पुर्‍याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मान गरेको हो वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाालाई नगद तथा सम्मानपत्रले सम्मान गरे । पुरस्कारको राशी नगद ५१ हजार र सम्मानपत्र रहेको छ ।

वि.सं. २०५२ सालमा स्थापित प्रतिष्ठानले २०६४ सालदेखि चारविधा साहित्य, कला, समाजसेवा र पत्रकारितामा योगदान दिने व्यक्तित्वहरुलाई पुरस्कृत गर्दैआएको छ । चौधरीसँगै सोही राशीको पुरस्कार ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्दैआएको संस्था होप हर्मिटेजलाई पनि सम्मान गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *