Lucky Chaudhary

पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। पुस २५ गते हुने विशेष समारोहबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ। सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो। थारु भाषा, साहित्य तथा संस्कृतिको उत्थानका निम्ति पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै सो प्रतिष्ठानले पत्रकार चौधरीलाई पुरस्कृत गर्न लागेको हो। पुरस्कारको राशि ५१ हजार र तामापत्र रहेको आयोजकले जनाएको छ।
पत्रकार तथा साहित्यकार चौधरीका अहिलेसम्मा सहिदान गजलसंग्रह (२०६१), तिहुवार संस्कृति परिचय (२०६२), अन्तर्भाव गजल संग्रह (२०६३), मोर पहुरा लेख संग्रह (२०७०), नेन्धर कविता संग्रह (२०७१), कृतिहरु प्रकाशनमा छन्।

त्यस्तै थारुभाषाको साप्ताहिक पत्रिका पहुरा (२०५९) को सम्पादक प्रकाशक, थारु भाषाकै पहिलो अर्धसाप्ताहिक तथा दैनिक पत्रिका हमार पहुराको सम्पादक प्रकाशक भई थारु भाषा साहित्य र समाचारमा योगदान दिएका छन्।

उनी थारु पत्रकार संघ नेपालको मुखपत्र फूलरिया वार्षिक पत्रिकाको प्रधान सम्पादक र हमार पहुरा डट कमका प्रधान सम्पादक पनि हुन्।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेका चौधरी थारु पत्रकार संघ नेपालको पूर्व अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी अहिले गोरखापत्रमा आबद्ध छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *