Tharu Song

थारु भाषाको गिती एल्बम ‘हमर लाल सारी’को सम्पूर्ण गीतहरुको छायाङ्कन सकिएको छ। ६ वटा गीत रहेको उक्त एल्बमको छायाङ्कन केही साताअघि सकिएको हो। गोपाल चौधरीको निर्देशनमा बजारमा आउने लागेको उक्त एल्बमको चार वटा गीतको सम्पादनसमेत प्रिया सिंह थारुले बताए। एल्बममा चर्चित गायक गायिकाहरुको स्वर छ।

दिलकुमारीको निर्देशन रहेको गीती एल्बममा प्रदीप चौधरी, रिषिकला, निशा, दिपेन्द्र, प्रेमशिला, गोपाल, प्रिया, प्रमोद, सञ्जु मण्डललगायतका कलाकारहरुको अभिनय छ। म्युजिक भिडियोको छायाकारमा सुरेश थारु र मेकअपमा गजु गजेन्द्र छन्।

हमर लाल सारी…, बैगन तोरए…, माछ मारनी….., नथियामे हमर तारा खसल…, सामरोके अङ्गना…लगायत गीत एल्बम समावेश छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *