Jeevan Badalneharu Book

कमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ। दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन्।

पुस्तक विमोचन गर्दै अन्सारीले पुस्तकले कमलरी प्रथाको सिंगो इतिहास स्मरण गराएको बताइन्। पुस्तकमा समेटिएका कुरालाई सुझावका रुपमा ग्रहण गरेर सरकारले काम गर्ने हो भने दासता मुक्तीका काममा नेपाल दक्षिण एशियाकै उदाहरण बन्नसक्ने धारणा उनले राखिन्। यस अर्थमा पुस्तक अन्त्यन्तै संग्रहनीय र महत्वपूर्ण दस्तावेजका रुपमा आएको अन्सारीले बताइन्। उनले पुस्तकमा उल्लेख भएका वेपत्ता कमलरीको कथालाई गम्भिर रुपमा लिंदै मानवअधिकार आयोगले खोजीका लागि पहल गर्ने प्रतिवद्धता जनाइन्।

पुस्तकको समिक्षा गर्दै बरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकले जीवन बदल्न सम्भव छ भन्ने सन्देश दिएको बताए। ‘पुस्तकमा संघर्षका प्रतिकात्मक कथाहरु छन्। जीवनलाई नया“ रुप दिन सकिने तथ्य छ,’ उनले भने,’पुस्तकबाट जीवनमा स्वतन्त्रताको महत्व कति छ भन्ने कुरा थाहा हुन्छ। स्वतन्त्रताको अनुभूती गर्नेहरुको कथा छ।’

यसैगरी समिक्षक सञ्चारीका समूहकी अध्यक्ष निर्मला शर्माले पुस्तक मुक्त कमलरीको दस्तावेज भएको बताइन्। ‘यो पत्रकारको आ“खाबाट मात्र लेखिएको पुस्तक होइन। लेखकले आफै पिडा भोगेको अनुभूती दिलाउन सकेका छन्,’ उनले भनिन्,’लेखक स्वयं पनि कमलरी मुक्ती अभियानका एक अभियन्ता भएकाले कमलरीका भोगाइहरु अत्यन्तै जीवन्तरुपमा चित्रण भएका छन्। यो पुस्तकले जो कोहीलाई पनि जीवनप्रति सकारात्मक हुँदै संघर्षशिल भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाण पेश गरेको छ।’

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरीले जीवनमा भोगेका कथा पुस्तकमा पढ्न पाउ“दा आफूले पुराना दिनहरुको सम्झना गरेको बताइन्। ‘हामी नरहे पनि हाम्रोबारे बताउने यो पुस्तक रहनेछ,’ उनले भनिन्,’हाम्रँ सन्ततीले समेत कमलरी प्रथाको इतिहास पढ्न पाउनेछन्।’ पुस्तककी अर्की पात्र मञ्चकी दाङ जिल्ला अध्यक्ष उर्मिला चौधरीले जीवन बदल्ने पात्र बनेकोमा गर्वको महशुस भएको बताइन्। पुस्तकले कमलरी बस्दाका दुःख बिर्साएर सुखको अनुभूती समेत दिलाएको उनले बताइन्।

लेखक केसीले कमलरी आन्दोलनका बिभिन्न चरणहरुमा सहभागी हुनुका साथै कमलरी प्रथा कायम रहेका पश्चिम तराइका दाङ, बा“के, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउ“हरु पुगेर पुस्तक तयार पारेको बताए। ‘पुस्तक बाआमास“ग रमाउने रहर निमोठिएका अबोध बालिकाहरुको जीवन कथा हो,’ उनले भने,’दासतादेखि मुक्त बातावरणमा आइपुग्दा सम्मका पश्चिम तराइका १२ हजार बढी मुक्त कमलरीको आफ्नै जीवन हो।’ पुस्तक नेपाल युथ फाउण्डेशनले प्रकाशन गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *