3

सुनसरीको दुई तहमा लोकतान्त्रिक फोरम, दुहबीमा वेद गच्छदार र बुर्जुमा रघुनन्दन चौधरी विजयी

सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका वेद गच्छदार ७ हजार ४२० मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा फोरम लोकतान्त्रिककै सुनीता दाहाल साह ६ हजार ६८३ मत ल्याएर विजयी भएकी छन्।

थारूवान

टीकापुर नगरपालिकाको पछिल्लो मतगणना अनुसार सुरुदेखि अग्रता थालेको लोकतान्त्रिक फोरमलाई पछि पार्दै माओवादी केन्द्र अग्रस्थानमा पुगेको छ। मेयरमा माओवादी केन्द्र फोरम भन्दा १०३ मतले अघि रहेको छ।

थारूवान

लोकतान्त्रिक फोरमले कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जितेको छ। फोरमका तर्फबाट अध्यक्षमा प्रदीप चौधरी र उपाध्यक्षमा उमा महतौ विजयी भएका छन्।

थारूवान

माओवादी केन्द्रले पछिल्ला वडाहरुमा लगातार जित हात पारेपछि टीकापुरको नतिजा फरक आउने आँकलन गर्न थालिएको छ। वडा नं. ७, ८ र ९ मा माओवादी केन्द्रले राम्रो मत पाएपछि नेपाल लोकतान्त्रिक फोरमसँगको मतान्तर २ सय ४ मा घटाएको छ। त्यस्तै उपमेयरमा पनि माओवादीले लोकतान्त्रिक फोरमसँग जम्मा ९४ मतले कम छ।

थारूवान

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

थारूवान

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तुलसीराम थारुले ६ हजार ९ सय मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै धनीकुमारी खत्री विजयी भएकी छन्। उनले ८ हजार २ सय २...

थारूवान

सुनसरीमा १२ स्थानिय तहको निर्वाचनको मतगणनामा पछिल्लो परिणाम अनुसार वडाध्यक्ष र सदस्यहरु समेत १ सय ५ जना निर्वाचित भएका छन् । ८ वटा स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । धरानमा नेपाली कांग्रेसलाई शनिवार बेलुका एमालेले उछिनेको छ । दुहवी नगरपालिका र बर्जू गाउँपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार...

थारूवान

नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।

थारूवान

इटहरी- नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारको गृह नगर सुनसरीको दुहवीका दुईवटा वडामा नेपाली कांग्रेस र एमालेका वडाअध्यक्ष विजयी भएका छन्। वडा नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्। उनले २८३ मत ल्याएर बिजयी भएका हुन्। लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत...

थारूवान

टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्।

थारूवान
1 62 63 64 65 66 119