टीकापुरमा अग्रता बढाउँदै नेपाल लोकतान्त्रिक फोरमका लौटन र सुदेशनी चौधरी

टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्।
त्यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेस र एमालेको टक्कर रहेको छ। एमालेले ५२४ र कांग्रेसले ५२२ मत प्राप्त गरेका छन्। माओवादीले भने ४८७ मत पाएको छ।

त्यस्तै उपमेयरमा सुदेशनी चौधरीलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसका केशरी विष्ट रावलले ५७५, माओवादीका आशाकुमारी चौधरीले ५२३ र एमालेका कमला केसीले ४ सय ८२ मत प्राप्त गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *