यी हुन् सुनसरीका विभिन्न वडा जित्‍ने थारुहरु

सुनसरीमा १२ स्थानिय तहको निर्वाचनको मतगणनामा पछिल्लो परिणाम अनुसार वडाध्यक्ष र सदस्यहरु समेत १ सय ५ जना निर्वाचित भएका छन् । ८ वटा स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । धरानमा नेपाली कांग्रेसलाई शनिवार बेलुका एमालेले उछिनेको छ ।

दुहवी नगरपालिका र बर्जू गाउँपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार अगाडि छन् । त्यस्तै कोशी गाउ पालिकामा स्वतन्त्र उम्मेदवार देवकृष्ण यादव अध्यक्षको पदमा अन्य उम्मेदवारलाई उछिन्दै अगाडी रहेका छन् ।

सुनसरीका २१ वडामा वडाध्यक्ष सहित १ सय ५ जना नया प्रतिनिधि चयन भएका छन् । जसमा ११ वडामा नेपाली कांग्रेस, सात वटामा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिले एउटा एउटा वडाध्यक्ष जितेका छन् ।

धरानको वडा नम्बर १ मा नेपाली कांग्रेसका रोशन अधिकारी, वडा नं. २ मा नेकाकै माधव गोविन्द श्रेष्ठ सहित प्यानल विजयी भएको छ । त्यसै गरि इटहरीमा वडा नम्बर १ मा नेपाली कांग्रेसका विष्णुलाल चौधरीको प्यानल विजयी भएका छन् ।

बराह नगरपालिकाको वडा नं.१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ र २ नम्बरमा हरिकृष्ण भट्टराईको प्यानल विजयी भएको छ । त्यसैगरी दुहवी नगरपालिका १ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार अजुल हुसैनको प्यानल विजयी भएको छ भने २ नम्बर वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अर्जुन कुमार विश्वासको प्यानल विजयी भएको छ । वडा नं. ३ मा एमालेका माधव बहादुर भण्डारी ४ मा एमालेकै राजनकुमार बस्नेत र वडा नम्बर १२ मा लोकतान्त्रिक फोरमका खुसीलाल चौधरी चौधरीको प्यानल विजयी भएका छन् ।

त्यसैगरी हरिनगरा गाउ पालिकाको वडानं.१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अब्दुल लतिफ मियाको प्यानल विजयी भएको छ । त्यस्तै भोक्राहा गाउ पालिका वडानं.८ को वडाध्यक्षमा एमालेका हातिम अंसारी र ८ मा हातिम अंसारीको प्यानल विजयी भएका छन् ।
बर्जु गाउ पालिकामा वडा नम्बर १ मा माओवादी केन्द्रका श्याम गुरुङ सहितको प्यानल विजयी भएको छ । त्यस्तै वडा नम्बर २ मा नेपाली कांग्रसका आनन्द यादवको प्यानल विजयी बनेको छ । वडा नम्बर ३ मा एमालेका प्रदीपकुमार चौधरी बडाध्यक्षमा प्यानल सहित विजयी बनेका छन् ।

इटहरी उप महानगरपालिकामा नेपाली कांग्रेसका रोहीत प्रसाई मेयर पदमा अग्रस्थानमा छन् । त्यसै गरि इनरुवा नगरपालिकाको मेयर पदमा नेकाकै राजन मेहता, रामधुनी नगरपालिकामा नेकाकै जयप्रकाश चौधरी, बराहा नगरपालिकामा नेकाकै बाबुराम विष्ट अग्रस्थानमा छन् । त्यसै गरि भोक्राहा गाउ पालिकामा संघिय समाजवादी फोरमले अग्रता लिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *