सुनसरीको दुई तहमा लोकतान्त्रिक फोरम, दुहबीमा वेद गच्छदार र बुर्जुमा रघुनन्दन चौधरी विजयी

सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका वेद गच्छदार ७ हजार ४२० मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा फोरम लोकतान्त्रिककै सुनीता दाहाल साह ६ हजार ६८३ मत ल्याएर विजयी भएकी छन्।

त्यस्तै सुनसरीको बर्जु गाउँपालिका पनि लोकतान्त्रिक फोरमले जितेको छ। लोकतान्त्रिक फोरमका उम्मेदवार रघुनन्दन चौधरीले ४ हजार ७३४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले फनिलाल चौधरीले ३ हजार ६९२ त ल्याए।

त्यस्नै उपप्रमुखमा पनि लोकतान्त्रिक फोरमकै संगीता कुमारी राय विजय भएकी छन्। उनले ४ हजार ६२२ मत ल्याएकी हुन्।

यो जितसँगै लोकतान्त्रिक फोरमले चार ठाउँ जितेको छ। यसअघि नवलपरासीको सरावल गाउँपालिका र कैलालीको जानकी गाउँपालिकामा विजयी भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *