नवलपरासीको त्रिवेणी सुस्तामा एमालेका रामप्रसाद र इन्द्रकुमारी थरुनी विजयी

नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थरुनीले ३ हजार ५ सय ६५ मत प्राप्त गरी विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमला ढुंगानाले २ हजार ८ सय ३५ मत प्राप्त गरेकी छन् । त्रिवेणी सुस्ताका पाँच वडामध्ये एमाले र कांग्रेसले २/२ तथा राप्रपाले १ वडामा जित हासिल गरेका छन् ।

भारतसँगको सीमाक्षेत्र सुस्ता भारतीय अतिक्रमण विरुद्ध त्यहाँका जनताले पटकपटक लडेका कारण चर्चामा आउने गरेको छ । सुस्ताको भूमि भारतले अतिक्रमण गरेको विषय अहिले पनि दुई देशीय वार्तामा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *