सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुल्यो

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो। काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए। पछिल्लो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *